२०७८ भाद्र ३१ गते बिहिवार

विद्यालयबाटै यौनिकता शिक्षा प्रदान गर्न रुकुम पुर्वका शिक्षकलाई घोराहीमा तालिम



२८ भदौ, घोराही –
विद्यालयबाटै यौनिकता शिक्षा प्रदान गर्न रुकुम पुर्वका शिक्षकहरुलाई घोराहीमा आजबाट ५ दिने तालिम दिन सुरु गरिएको छ । नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा शिक्षा मानव स्रोत विकास केन्द्रको सहकार्य एंव संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको प्राविधिक सहयोगमा तालीम शुरु भएको हो ।

तालिममा रुकुम पुर्वका सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षिकहरुको सहभागिता रहेको छ । नेपाल परिवार नियोजन संघ दाङका सभापती तिर्थराज सन्तोषीको अध्यक्षतामा तथा केन्द्रिय सदस्य गणेशराज श्रेष्ठको प्रमुख अतिथ्यतामा एक कार्यक्रम गरी तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानव जिवनमा यौनिकता शिक्षा अनिवार्य रहेको बताउनु भयो । शिक्षकहरु नै सामाजिक रुपान्तरणका संवाहक भएका कारण तालिममा सिकेका ज्ञानका कुराहरु आफनो विद्यालयबाट विद्यार्थिहरुमा बाड्न सुझाव दिनुभयो ।

तालिमको उद्घाटन कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङका प्रवन्धक वसन्त खनालले यौन शिक्षाको वारेमा जानकारी दिनको लागि शिक्षकहरुलाई तालीम प्रदान गरिएको बताउनु भएको थियो ।

आजबाट सुरु भएको तालिम असोज १ गते सम्म सञ्चालन हुने जनाईएको छ । तालीम उद्घघाटन कार्यक्रमको सहजिकरण सचिव माया पोख्रेलले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्