२०७८ भाद्र ३१ गते बिहिवार

बाढीले बगाउँदा रुकुम पूवकी एक महिला बेपत्ता



२२ भदौ, घोराही –
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । सोही गाउँपालिका नम्बर ६ स्थित अँधेरीखोलाले ४० वर्षीया हिरा विकलाई बगाएको हो ।

खोला तर्ने क्रममा विकलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । प्रहरी चौकी हुकाम र इलाका प्रहरी कार्यालय प्वाङले बेपत्ता बिकको खोजी कार्यमा जारी राखेको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्