२०७९ मङ्सिर १७ गते शनिवार

दाङमा बाढिले जिप बगाउँदा चार जनाको मृत्यु



१७ भदौ,घोराही – दाङको घोराही लमही सडक खण्ड अन्तरगत पर्ने घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढिले बगाउदा चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीको गोग्लीबाट घोराही तर्फ आउदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्वरको गाडी सिस्नेखोलाले गएराती १० बजेतिर बगाउदा गाडीमा सवार चार जनाको मृत्यु भएको हो भने चालक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा गाडीमा सवार घोराही १३ बस्ने ४० बर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ बर्षिया सुसिला श्रेष्ठ, घोराही १४ का अन्दाजी ३१ बर्षिया राधा श्रेष्ठ कुंवर र सोहि वडाको ४२ बर्षिया बिमला केसी रहेको डिएसपी रिजालले जानकारी दिनुभयो । सोहि घटनामा परि गाडी चालक घोराही १३ बस्ने ४३ बर्षिय नर बहादुर पुन घाईते भएका छन् । गाडी सहित दुई जनाको शव गएराती नै भेटिएको हो भने दुई जनाको विहान फेला परेको डिएसपी रिजालले जानकारी दिनुभयो । भारतसँगको नाका रुपैडियाबाट तिजका लागि सामान किनमेल गरेर फर्कँदै गर्दा उक्त दुर्घटना भएको हो ।।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्