२०७८ भाद्र ३१ गते बिहिवार

कमेडी च्याम्पियनको शेटमै रोए विक्की, पन्तको आलोचना



१३ भदौ,घोराही – कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दावेदार मानिएका प्रतियोगी मध्येका एक हुन् विक्की अग्रवाल । विक्की शोको हरेक एपिसोडमा फरक–फरक प्रस्तुति दिँदै दर्शक र निर्णायक रिझाएर उत्कृष्ट ४ मा पुग्न सफल भएका थिए ।

शनिबार साँझको नयाँ एपिसोडमा पनि उनले फरक दिने कोसिस गरे । जसका लागि उनले रोजेका थिए ‘माइम एक्ट’ । ‘माइम एक्ट’ मा उनले मानिस निदाएको बेला मन कसरी सक्रिय रहन्छ ? भन्ने प्रस्तुति मोनोलकको सहारमा प्रस्तुत गरेका थिए । उनले यो प्रस्तुतिबाट पनि आफ्नो यस अगाडिको प्रस्तुतिमा झै दर्शक हाँस्ने अपेक्षा गरेका थिए । तर हाँसो र तालीको गडगडाहाट रहँदै आएको  शोमा यो पटक भने उनको प्रस्तुतिमा सन्नाटा छायो ।

विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति राखेका थिए । अपसोच, विक्कीको राखेको उक्त प्रस्तुति न निर्णायकले बुझे, न त्यहाँ उपस्थित दर्शकले । सोही कारण उनको प्रस्तुतिमा दर्शक तथा निर्णायकले पहिले झै मनोरञ्जनात्मक फिल गरेनन् । सोही कारण पनि विक्की निकै भावुक देखिन्थे । उनको आँखा आँसुले भरिएको थियो ।आफ्नो प्रस्तुति निर्णायकले राम्रोसँग महसुस नगरेको अनुभव गरेका विक्कीले कार्यक्रममा भने–‘मलाई थाहा छ, यो प्रस्तुतिले फाइनल नपुर्याउन सक्छ ।’  विक्कीको प्रस्तुतिमा कुनै चाख नदेखाएका तीन निर्णायक प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रस्तुतिको केही तारिफ त गरे । तर उनीहरुको तारिफ गर्ने शैलीले सजिलै अनुमान गर्न सकिन्थ्यो । प्रस्तुति उनीहरुले राम्रो रुपमा बुझ्न सकेनन् ।

त्यस्तै वरिष्ठ हास्य व्यङ्ग्य कलाकार सन्तोष पन्तको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । गत शनिवारको एपिसोडमा जज रहेका सन्तोष पन्तले कमेडियन बिक्की अग्रवालले दिएको प्रस्तुतिमा असन्तोष जनाए पछी उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो । हिजोको एपिसोडमा कमेडियन बिक्कीले प्यान्टोमाइम गरेका थिए ।

तर उनले दिएको प्रस्तुति नेपाली समाजमा नपच्ने सन्तोष पन्तको अभिव्यक्ति थियो । प्रोत्साहन गर्नु पर्ने ठाउँमा यस्तो खाले अभिव्यक्ति दिएको भन्दै दर्शकले सन्तोष पन्तलाई सञ्जालमा जज बाट हटाउनु पर्ने प्रतिकृया दिएका छन् । साथै कमेडी नबुझ्ने कमेडिएन !रक्सीको जोक्स चाहिँ मजाले बुझ्छन्’बुढाले लगायतको कमेन्ट गर्दै पन्तको सामाजिक सञ्जालमा खिल्ली उडाइरहेका छन् । जर्जको कमेन्टपछि विक्की रुँदै बाहिरिएका थिए । ब्याक स्टेजमा पनि उनी रोएको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्