२०७८ माघ ९ गते आइतवार

दाङ सहित विभिन्न ठाउँमा फेला पर्‍यो ७ जनाको शव



७ भदौ,घोराही – दाङ सहित देशका विभिन्न जिल्लामा ७ जना मृत फेला परेका छन् ।  दाङको घोराही उपमहानगरपालिका-२ बस्ने ६६ बर्षीय प्रेम बहादुर राना सोही ठाउँस्थित चेपे ड्यामको किनारमा आइतवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ  ।  कैलाली घोडाघोडी नगरपालिका-३ बगुलियास्थित सडक छेउमा सोही ठाउँ बस्ने ५० बर्षीय बाँधुराम कुमाल आइतवार मृत अवस्थामा फेला परेका छन् ।

रुकुम पूर्व, भुमे गाउँपालिका-३ मोरावाङ बस्ने अर्जुन कुवँरको छोरी अन्दाजी ४ वर्षीया प्रिया कुवँर घर नजिकै खोल्सामा आइतवार मृत अवस्थामा फेला परेकी छन् ।

लमजुङ, सुन्दरबजार नगरपालिका-६ भिजनचोक बस्ने ८१ वर्षीय जोहरदिन मिया सोही नगरपालिका-७ पाउदी खोलाको किनारमा सोमवार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँ, बन्दिपुर गाउँपालिका-४ बस्ने ३८ वर्षीय सुक बहादुर घले घरनजिकै सडकमा सोमबार मृत अवस्थामा फेला परेका  छन् ।

बागलुङ, ढोरपाटन नगरपालिका-९ पैरा बस्ने ४५ वर्षीय छबिलाल कामी सोही नगरपालिका-९ भुजिस्थित जङ्गलमा सोमवार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, धुलिखेल नगरपालिका-८ स्थित सारथी होटलको चौथो तल्लमा बसी सोही होटलको भवन निर्माणको काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका-८ बस्ने ४० वर्षीय बिबेसु थारु सोमवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्