२०७८ माघ ९ गते आइतवार

८ बर्ष कैद तोकिएका दाङका एक व्यक्ति १६ बर्षपछि पक्राउ



७ भदौ, घोराही –
व्यक्ति हत्या मुद्धामा ८ बर्ष कैद सजाय तोकिएका एक जनालाई दाङ प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ४ डम्बर बुढाथोकीलाई हत्या गरेको मुद्धामा अदालतबाट ८ बर्ष कैद सजाय तोकिएका ३७ बर्षिय प्रकाश नेपालीलाई प्रहरीले गोर्खा जिल्लाबाट पक्राउ गरेर ल्याएको छ ।

२०६२ साल सामान्य बादबिबादमा कुटपिट गर्दा बुढाथोकीको मृत्यु भएपछि नेपाली फरार भएका थिए । २०६७ सालमा तत्कालिन पुनराबेदन अदालत तुलसीपुरले नेपालीलाई दोषि ठहर गर्दै ८ बर्ष कैद सजाय सुनाएको थियो ।

घटना लगत्तै फरार रहेका नेपालीलाई गोर्खा जिल्ला अजिरकोट गाउँपालिका ५ झ्यालामा बस्दै आएको सूचनाका आधारमा गोर्खा प्रहरी सँगको समन्वयमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्