२०७८ माघ १३ गते बिहिवार

कस्तुरीको बिना सहित घोराहीबाट दुई जना पक्राउ



७ भदौ,घोराही –
दाङ प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । घोराहीको होटेल टु डे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेस काफ्लेका अनुसार बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्