२०७८ मङ्सिर १५ गते बुधवार

रोल्पामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु



६ भदौ,घोराही – रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमोरा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीले जानकारी दिनुभएको छ ।

आइतवार दिउँसो सुनिलस्मृति १ सेरास्थित रा ६ प ८८६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । लिवाङबाट प्युठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शुवेदीले जानकारी दिनुभयो । मृतक बुढाको शवलाई पोष्टमार्टम गर्नलाई जिल्ला अस्पताल रोल्पामा ल्याउदै गरेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्