२०७८ मङ्सिर १५ गते बुधवार

राजपुरबाट सुकुटी सहित दाङका दुई जना प्रक्राउ



६ भदौ,घोराही –
जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी ४६ वर्षका हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी वर्ष ३२ का दामोदर योगी रहेका छन ।

हिजो बेलुका ६ बजेतिर १२ किलो सुकुटी र र्केही थान कुर्ता सुरुवालका कपडा सहित उनिहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोला बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
प्रवक्ता रिजालका अनुसार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाइने भएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्