२०७८ भाद्र ३१ गते बिहिवार

तुलसीपुरमा सयपत्री दोहोरी घर संचालनमा



५ भदौ,घोराही – दाङको तुलसीपुर ५ रानीजरुवामा सयपत्री दोहोरी घरको उद्घाटन गरिएको छ । आज तुलसीपुर उपमाहनगरपालिका ५ का वडाध्यक्ष बिरेन्द्र कुमार शाहले दीप प्रजोलन गरि  दोहोरी घरको उदघाटन गर्नुभएको हो । सोहि अवसरमा बोल्दै वडा अध्यक्ष शाहले गित संगित भनेको आम नागरिकको सुखदुख विर्साउने क्षेत्र भएको बताउनु भएको छ ।त्यसकारण लोक संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न आबश्यक रहेको उहाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष शाहले अर्को प्रसंगमा बोल्दै वडाले जनताको चाहाना र भावना अनुसार काम गरेको बताउनुभयो । वडामा जनप्रतिनिधि भएर आईसकेपछि बजार व्यवस्थापन देखी हरेक विकास निर्माणमा महत्वपुर्ण काम गरेको उहाको भनाई थियो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दोहोरी गित बाट पनि लोक संस्कृतिलाई जगेर्ना गर्न ग मद्दत पुग्ने बताएका थिए ।

दोहोरि घरका व्यवस्थापक ईश्वर बिसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दोहोरी घर संचालनका लागी सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको हो । कार्यक्रमको सहजीकरण मदन मुस्कानले गर्नु भएको थियो । दोहोरी घरले नयाँ कलाकार जन्माउने ,लुकेका प्रतिभालाइ बाहिर ल्याउने, गरिबदुखी सहयोग गर्ने उद्देश्य रहेको संचालक वलीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्