२०७८ मङ्सिर १५ गते बुधवार

रोल्पामा पहिरोले दुई घर बगायो, दुई घरमा आंशिक क्षति



५ भदौं, घोराही –
रोल्पामा पहिरोले दुई घर बगाएको छ भने दुई वटा घरमा आंशिक क्षति पुर्याएको छ । सुनछहरी गाउँपालिका १ सेरमको फुलिबन नमुना बस्तीका दुई घर बगाएको छ भने दुई वटा घरमा आंशिक क्षति पुर्याएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सुर्यलाल गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार सोहि ठाउँमा रहेका ५ घर उच्च जोखिममा रहेका छन् । गएराती गएको पहिरोले मानवीय क्षति भने भएको छैन। स्थानीय रणबहादुर घर्तीमगर र तेकमला घर्तीको घर पहिरोले बगाएको हो । गजमा घर्ती र मनपुरा घर्तीको घरमा आंशिक क्षति भएको छ ।
त्यस्तै दिलबहादुर घर्ती ,चिमा घर्ती ,धनमाला घर्ती बिजयी घर्ती र दलबहादुर घर्तीको घर जोखिममा रहेको इन्चार्ज गुरुङले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्