२०७८ मङ्सिर १५ गते बुधवार

लामो समय देखि नविकरण नभएकालाइ छुट दिइने



५ भदौ, घोराही –
दाङ जिल्ला उद्योग वाणिज्य संघले संघमा लामो समय देखि नविकरण नभएका उद्योगी तथा व्यवसायिहरुलाई नविकरणमा छुट दिने भएको छ । संघको आज वसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संघमा विभिन्न कारणले लामो समय सम्म नविकरण हुन नसकेका उद्योगी तथा व्यवसायीहरुलाई ३ वर्षको नविकरण लिएर नविकरण गरि दिने भएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभएको छ ।

आउदो पुस मसान्त सम्मका लागि यस प्रकारको छुट दिइने भएको महासचिव वुढाथोकीले बताउनुभयो । यसले उद्योगी तथा व्यवसायीहरुलाई सहजता समेत हुने संघको अपेक्षा रहेको छ । बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्