२०७८ मङ्सिर १५ गते बुधवार

दाङमा १ सय ११ थान चिरान काठ सहित एक जना पक्राउ



४ भदाै, घोराही –  सतवरियाबाट अवैध काठ सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिग्नीका खुशी राम चौधरी रहेको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी जानकारी दिनुुभयो ।

बिहिवार राती रा १ च ४२९८ नम्बरको टेक्टरमा चौधरीले सिमल जातको ५ थान गोलिया (५६ .४२ क्युफिट ) काठ ल्याउँदै गरेको समयमा लमही नगरपालिका वडा नम्बर ८ को गिधनियाबाट सतबरिया प्रहरीले नियन्त्रणमा लिएर सव डिभिजन कार्यालय सतवरियालाई बुझाएको सुचना अधिकारी साहले बताउनुुभयो ।

पक्राउ परेका चौधरी थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी जानकारी दिनुुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्