२०७८ मङ्सिर १५ गते बुधवार

दाङमा अटेरी गर्ने सवारी कारवाहीमा



 

४ भदौ,घोराही –
दाङमा सवारी चलाउँदा अटेरी गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक बर्ष २०७८/०७९ को पहिलो महिना अर्थात साउनमा मात्र ३ हजार १ सय ५० सवारी साधन चालक कारबाहीमा परेका छन ।

ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव निरीक्षक थम्मन जिसीले सवारी कारबाहीबाट एकै महिनामा २० लाख २७ हजार राजश्व संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार सवारी नियम उल्लघन गर्नेमा सबैभन्दा बढी मोटरसाईकल चालक रहेका छन ।

कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा १ हजार ५ वटा मोटरसाइकल चालकलाई कारवाही गर्दा ६ लाख ६९ हजार ५ सय रुपैया राजश्व सकंलन भएको छ ।

त्यस्तै ,९ सय २० वटा ट्रक चालकलाई कारवाही गर्दा ६ लाख २० हजार ५ सय, ३ सय २० वटा बसलाई कारवाही गर्दा १ लाख ८१ हजार, ४ सय १० वटा जिप/कारलाई कारवाही गर्दा २ लाख ४३ हजार ५ सय, २ सय ६३ ट्याक्टरलाई कारवाही गर्दा १ लाख ६७ हजार र २ सय ३२ अटोलाई कारवाही गर्दा १ लाख ३५ हजार ५ सय रुपैया राजश्व सकंलन भएको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्