२०७८ मङ्सिर १५ गते बुधवार

पछिल्लो चौबिस घण्टामा २,६१३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु



२ भदौ, काठमाडौँ – 

नेपालमा थप ३ हजार ४०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २,६१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ हाजर ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो चौबिस घण्टामा २ हजार १०४ जना कोभिडमुक्त भएका छन् ।

कोभिडले थप ४२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्