२०७८ मङ्सिर १५ गते बुधवार

मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने



२ भदौं, काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी हुन् । हेटौडामा बसेकाे बैठकमा पौडेलले संसदीय दलको नेताबाट समेत राजीनामा दिएपछि शाक्य दलको नेता चुनिएकी हुन् ।

माधव नेपाल समूहकी शाक्य एमाले संसदीय दलको नेतामा चुनिएकी हुन् । उनी मुख्यमन्त्री बन्ने सांसद रचना खड्काले जानकारी दिइन् । माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला शाक्य बागमतीको संसदीय दलको नेतामा चुनिएकी हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्