२०७८ मङ्सिर १५ गते बुधवार

कर्तव्य ज्यान मुद्धाका फरार दाङका एक व्यक्ति पक्राउ



२ भदौ, घोराहि –
दाङमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १४ भिगौंराका ५० वर्षिय रामबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो । उनलाई दाङ देउखुरी जिल्ला अदालतबाट २०७५ माघ २९ गते कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद फैसला सुनाईएको थियो ।

उनलाई सोहि ठाउँमा लुिकछिपी बसेको अवस्थामा हिजो दिउसो ४ बजेको समयमा पक्राउ गरेको प्रवक्ता रिजालले बताउनुुभयो । साथै पक्राउ परेका चौधरीलाई आज दाङ देउखुरी जिल्ला अदालतमा बझाईएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्