२०७८ मङ्सिर १५ गते बुधवार

दुई सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयलाई एमालेको पत्राचार



१ भदौ, घोराही –
नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्राचार गरेको छ । प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको बताउनुभयो ।

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित हुनुभएको थियो । विमला खत्री ओली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको हो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आउनुभएको छ भने ओली कहिले एमाले, कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आउनुभएको छ ।।

 

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्