२०७८ मङ्सिर १५ गते बुधवार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



१ भदौ,घोराही – नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज छापावाल सुन प्रति तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार १० रूपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्