२०७८ मङ्सिर १५ गते बुधवार

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै



१ भदौ, घोराही –
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको हो ।

गत साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावका लागि बोलाइएको विशेष अधिवेशन सोही दिन अन्त्य भएको थियो ।

पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आंकलन गरिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्