२०७८ मङ्सिर १५ गते बुधवार

अवरुद्ध घोराही-लमही सडकखण्ड खुलाईयो



३२ साउन,घोराही  –टिप्परको टक्करबाट एक जनाको मृत्युभएपछि बन्द गरिएको घोराही लमही सडक खण्ड डेढ घण्टापछि खोलिएको छ । टिप्परको ठक्करबाट मान्छेको मृत्यु भएपनि टिप्परका सम्बन्धित व्यक्तिहरु सहमतिमा नआउदा स्थानियहरुद्धारा सडक अवरुद्ध गरिएको थियो ।

यहि साउन २८ गते गोग्लीबाट घोराही बजारतर्फ आईरहेको टिप्परको ठक्करबाट घाईते घोराही १७ भैसाहीका ५८ वर्षिय सुमन चौधरीको उपचारका क्रममा मृत्यु भएपछि यातायात व्यवसायीलाई सहमतीमा आउन दवाव दिदै सडक बन्द गरिएको थियो । रा १ ख १६२४ नंम्वरको टिप्परले ठक्कर दिदा घाईते भएका चौधरीलाई राप्ति स्वास्थ्य विज्ञान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा लगिएको थियो ।

टाउकोमा गम्भिर चोट लागेका चौधरीको उपचारको क्रममा हिजो विहान भैरहवामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । अहिले शवलाई पोष्टमार्टमका लागी प्रतिष्ठानमा राखिएको छ भने घरपरिवारले शव बुझ्न मानेको छैन् ।

अहिलेसम्म चौधरीको घरपरिवारलाई उपचारका लागी एक लाखँ रुपैयाँ मात्रै दिईएको छ भने टिप्परवालाहरु सहमतिमा आउन नमानेको उनिहरुले बताएका छन् । टिप्पर चालक घोराही १६ का २५ वर्षिय महेश चौधरी र टिप्परलाई जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा राखिएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्