२०७८ मङ्सिर १५ गते बुधवार

दाङमा आज ४१ जनामा कोरोना पुष्टि, १९ जना निको



३१ साउन,घोराही –
दाङमा आज ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा गरिएको पिसिआर परिक्षणमा २७ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका २८ जना, तलुसीपुर र लमहीका ६/६ जना र बबईका एक जना रहेका छन् । आज थप भएका सहित सकृय बिरामीको संख्या एक सय ६५ जना पुगेको छ ।

ति मध्य घरमा १ सय ४७ जना, १० जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैबिच १९ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेहरुमा घोराहीका ११ जना, लमही र राप्तीका ३/३ जना र तुलसीपुरका २ जना रहेका छन् ।

बैशाख यता दाङमा कोरोना संक्रमण हुनेको संख्या ८ हजार ७ सय ५ जना पुगेको छ । ति मध्य ८ हजार ३ सय ३० जना निको भएका छन् भने २ सय १० जनाको मृत्युभएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्