२०७८ मङ्सिर १५ गते बुधवार

दाङको सेवार खोलाबाट एक व्यक्तिको उद्धार



३१ साउन,घोराही –
दाङको सेवार खोलाबाट एक व्यक्तिको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ७ घर बताउने अन्दाजी २५र२६ वर्षिय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताउनुुभयो ।

आइतबार बिहान करिब १० बजेतिर सेवार खोलाबाट उनलाई उद्धार गरिएको थियो । साथै उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्