२०७८ मङ्सिर १५ गते बुधवार

सल्यानबाट ६४ करोड २० लाखको खसीबोका निकासी



३० साउन,घोराही –
सल्यानबाट आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड रूपैयाँभन्दा बढीको खसीबोका निकासी भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा ४२ हजार ८०० वटा खसीबोका निकासीबाट ६४ करोड २० लाख रुपैयाँ भित्रिएको छ।

सल्यानका किसानले कम्तीमा पाँचवटा बाख्रा पाल्दै आइरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनुभयो । जिल्लमा झन्डै चार लाख बाख्रा रहेको उहाँको भनाइ छ। सल्यानको खसीबोका काठमाडौं, पोखरा, धनगढीलगायतका देशका प्रमुख सहरहरुमा निकासी हुने गर्दछ।।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस्