२०७८ मङ्सिर १५ गते बुधवार

नीति तथा कार्यक्रम र बजेट संसोधन हुन्छ : मुख्यमन्त्री केसी



२९ साउन,दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संसोधन गरेर नयाँ ल्याउने बताएका छन् । लुम्बिनी प्रदेशले पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गर्ने भएको हो ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ आउँछ, त्यसलाई अन्यथा लिनुपर्दैन । साथै मुख्यमन्त्री केसीले जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट ल्यायो त्यसलाई स्वीकार्ने प्रश्नै नहुने भनाई छ ।

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीको जिकिर छ ।

त्यस्तै मुख्यमन्त्री केसीले तत्कालै नियमित अधिवेशन बोलाउने र विश्वासको मत पनि लिने बताए । माओवादी केन्द्रका नेता केसी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्