२०७८ माघ १३ गते बिहिवार

लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान



२७ साउन, घोराही –
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले भोली दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । विपक्षी गठबन्धनमा ४१ सांसद छन् । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

यसैविच सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्