२०७८ माघ ९ गते आइतवार

प्लास्टिक मुक्त अभियान फेरि सुरु, कार्यान्वयनमा भने चुनौती



Garbage thrown by people on the bank of a Rivulet which is tributary of Bagmati River at Gokarna in Kathmandu Valley. The main River Bagmati and its tributaries in Kathmandu has become undecleared dumping site where plastice is main problem that comes out from every house hold.

२६ साउन,घोराही –
सरकारले प्लास्टिक मुक्त अभियान पुनः यही साउन १ गतेबाट सुरु गरे पनि कार्यान्वयन प्रभावकारी देखिएको छैन । चालु आर्थिक वर्षको बजेटमा व्यापारिक प्रतिष्ठानमा सुती, जुट वा कागजका झोला प्रयोग गर्न भनिएको छ ।

यस्तै ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पार्टपुर्जा प्रतिस्थापन गर्न चाहेमा थप लगानी बराबरको रकम पुँजीगत अनुदान दिने व्यवस्था गरिएको छ ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीले यस वर्ष प्लास्टिक मुक्त बनाउने अभियान पूर्ण रुपमा कार्यान्वयन हुने बताउनुभयो । प्लाष्टिकमुक्त अभियान लागु भएको एक महिना पुग्न लागे पनि प्लाष्टिक प्रयोग भने कम भएको छैन ।

मानव स्वास्थ्य, वातावरण र सहरी सौन्दर्यमा पर्ने नकारात्मक प्रभावलाई अन्त्य गर्न प्रतिबन्धको नीति लिइएको सरकारको भनाइ छ । अटेरगरी प्लास्टिक झोला प्रयोग गरेको पाइए ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने अधिकार स्थानीय प्रशासनलाई भएको जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्