२०८० असोज १७ गते बुधवार

सल्यानमा तरकारीबाट साढे २० करोड आम्दानी



२६ साउन,घोराही –
सल्यानमा तरकारीबाट २० करोड ५२ लाख रुपैयाँ आम्दानी भएको छ । यस वर्ष २ हजार ५ सय २५ मेट्रिक टन तरकारी निकासी भएको छ । जिल्लाबाट करिब ८८ करोड रुपैयाँको कृषि तथा वनजन्य वस्तु निकासी भएको हो ।

यो वर्ष सबैभन्दा बढी अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार अदुवा १५ हजार २ सय ७२ मेट्रिक टन निकासी भएको हो । त्यसबाट जिल्लामा ३६ करोड ५३ लाख रुपैयाँ भित्रिएको छ ।

कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतका अनुसार आलुबाट ५ करोड २ लाख रुपैयाँ, बेसारबाट २ करोड ६९ लाख रुपैयाँ र सुन्तलाबाट ७ करोड ८५ लाख रुपैयाँ जिल्लामा भित्रिएको छ । जिल्लाले यस वर्ष खाद्यान्नसमेत निर्यात गरेको छ ।

२३ लाख ६४ हजार रुपैयाँको मकै, १२ लाख ६० हजार रुपैयाँको कोदो र ३० लाख रुपैयाँको बदाम निकासी भएको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकासीमा करिब ८ करोड रुपैयाँ घटेको छ ।।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्