२०७८ माघ १३ गते बिहिवार

तुलसीपुरको १६ को वडा कार्यालय दुई दिनको लागि शिल



२५ साउन, घोराही –
वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि तुलसीपुर उपमहनगरपालिका वडा नम्बर १६ को वडा कार्यालय शिल गरिएको छ ।

वडामा कार्यरत सहायक प्राविधिकलाई कोरोना पुष्टि भएपछि दुई दिनको लागि वडा कार्यालय शिल गरिएको वडाध्यक्ष भुप बहादुर केसीले बताउनुुभयो । वडा कार्यलय मंगलबार, बुधबार बन्द रहने छ भने बिहीबारबाट नियमित संचालन हुने छ ।।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्