२५ साउन,घोराही –
रोल्पा होलेरीका किसानहरुलाई तरकारी व्यवस्थापनको लागी सामाग्री हस्तान्तरण गरिएको छ । गोल परियोजना २ बाट रुन्टिगढि गाउँपालिकाका किसानहरु लाई लागि क्यारेट लगायतका सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताउनुभयो ।
किसानलाई क्यारेट लगायत सामाग्रि वितरण गरिएको हो । त्यस अवसरमा गाउपालिकाका अध्यक्ष बालाराम बुढा, कृषि शाखाका हिमा पुन, गोल २ परियोजनाका वासुदेव पोख्रेल,प्रेस संयोजक मनोज पुन लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाबाट सहयोग पाउदा किसानहरु खुसी भएका छन् ।।
प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार