२०७८ माघ १३ गते बिहिवार

रुन्टीगढी गाउँपालिकामा मास्क अभियान सुरु



२५ साउन,होलेरी –
रोल्पाको रुन्टीगढी गाउँपालिकाले मास्क अभियान सुरु गरेको छ । रुन्टीगढी गाउँपालिका र इलाका प्रहरी कार्यालय होलेरी रोल्पा को संयुक्त आयोजनामा उक्त अभियान सुरु गरेको हो ।

विश्वमा कोरोना को महामारी अझै कायमै रहेकोले यसको प्रभाव हाम्रो क्षेत्रमा रहेको र जोखिम पनि उत्तीकै रहेको भन्दै उक्त अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले वताउनुभएको छ । यो अभियान श्रावण २९ गते सम्म जारी रहने उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्