२०८० असोज १७ गते बुधवार

नारायणपुरमा रहेको सिद्धरत्ननाथ मा.वि.को जग्गा अतिक्रमणमा



२४ साउन,घोराही-
घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित सिद्धरत्ननाथ माद्यामिक विद्यालयले आफ्नो दर्ता श्रेस्तामा रहेका जग्गा नाप जाँच गरी संरक्षण गर्न थालेको छ ।

विद्यालयको ३ ठाउँमा रहेका जग्गाको एकिन नापजाँच गरेर संरक्षण गर्ने गरी काम अघि बढाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेले जानकारी दिनुभएको छ ।

विद्यालयको जग्गा अतिक्रमणमा पर्दै जान थाले पछि एकिन गर्न स्थानिय सरकार सँगको समन्वयमा जिल्ला प्रशासनमा समितिले निबेदन दिएको छ । उक्त निबेदनका आधारमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नापि कार्यालयलाई विद्यालयको जग्गा एकिन गर्न निर्देशन दिनुभएको थियो ।

पहिलो चरणमा घोराही १० चापबगिया डाँडामा रहेका ३५ विगाह, १० बिगाह र ५ विगाहका तीन कित्ताको जग्गा नाप्न थालिएको छ । उक्त जग्गा सँग सटेका व्यक्तिहरुले विद्यालयको जग्गा चर्चिने क्रम बढ्दै जान थालेको र केही सुकुम्बासीहरुले समेत ओगट्न थाले पछि संरक्षण गर्न थालिएको अध्यक्ष पाण्डे बताउनुभयो ।

त्यसैगरी, विपि बाटीकामा रहेको १० विगाह जग्गामा एक सय ५३ घरधुरीले अतिक्रमण गरेर चर्चित आएको पाईएको छ । त्यस्तै अर्घुमा ४ विगाह जग्गा विद्यालयको नाममा रहेको छ । विद्यालयको कूल ७९ विगाह जमिन रहेको तर विस्तारै अतिक्रमणमा पर्दै जान थालेपछि नापजाँच र चार किल्ला एकिन गरेर संरक्षण गर्ने योजना रहेको समितिका अध्यक्ष पाण्डेको भनाई छ ।।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्