२०७८ भाद्र ३१ गते बिहिवार

दाङमा राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुदै



२४ साउन, घोराही –
दाङमा “पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप–२०७८” सञ्चालन हुने भएको छ । नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङको आयोजनामा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता दाङमा गर्न लागिएको संघले जनाएको छ ।

आज घोराहीमा पत्रकार सम्मेलन गरी आउदो पुस १३ देखि १६ सम्म हुन प्रतियोगिता सञ्चालन गरिने नेपाल मार्शल आर्टस हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले जानकारी दिनुभएको हो ।

युवाहरुमा खेलकुदमार्फत् सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, स्वस्थता र सफल खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएकोसंघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्र्तीले बताउनुभयो । प्रतियोगितामा देशभरका ३८ सय खेलाडीहरुको सहभागिता हुने जनाईएको छ ।।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्