२४ साउन, घोराही –
दाङका दुई जना सहित नेपालमा आज थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको छ । दाङका एक जनाको कोरोना बिषेश अस्पताल बेलझुण्डि र अर्का एक जनाको भेरी अस्पताल नेपालगञ्ज बाँकेमा कोरोना संक्रमणका कारण मृत्युभएको हो ।
घोराही उपमहानगरपालिका ७ का ७९ बर्षिया महिलाको कोरोना बिषेश अस्पताल बेलझुण्डिमा आज विहान मृत्युभएको हो । यही साउन १४ गते पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिए पछि उहाँलाई १५ गते अस्पतालमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ ।
यो सँगै बैशाख यता दाङमा कोरोना संक्रमणबाट २ सय ९ जनाको मृत्यु भएको छ । बेलझुण्डि अस्पतालमा अहिले ६ जना कोरोना संक्रमितको आईसियूमा उपचार भैरहेको छ ।
यसैविच तुलसीपुरका एक जना कोरोना संक्रमितको भेरी अस्पताल बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका१५ का ४५ बर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्युभएको हो ।साउन २१ गते कोरोना पुष्टि भएपछि २२ गते भेरी अस्पतालमा भर्ना भएका उहाँकोआज बिहान मृत्यु भएको हो ।
साथै रोल्पा लुंग्री गाउँपालिका ६ का ५८ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा कोरोनाले मृत्युभएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।।