२०८० असोज ६ गते शनिवार

आज दाङका १५ जनामा कोरोना पुष्टि, २५ जना निको



२४ साउन, घोराही-
दाङमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ९ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ४१ पुगेको छ । ति मध्य १ सय १८ जना घरमा, अक्सिजन सहितको उपचारमा १७ जना र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज दाङमा २५ जना कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५ सय ६३ जना रहेको छ भने ८ हजार २ सय १३ जना निको भएका छन् ।

यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १२ हजार ३७८ नमुना परीक्षण गर्दा २५ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज २ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभर ३५ हजार ५७८ सक्रिय संक्रमित छन् ।।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्