२३ साउन, काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई बहिस्कार नभई सदस्यताबाट बञ्चित गरेको जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ती जारी गदै ‘कलाकार दुर्गेश थापालाई गीत प्रकाशन पूर्व नै ख्यास्स पुतली संसोधन गरिदिन लिखितम् अनुरोध गरिएकोमा निजले बिल्कुलै बेवास्ता गरी प्रतिष्ठानसँग आप्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टिकरण दिएको हुनाले निजको साधरण सदस्य समेत नरहने गरी सदस्यता खारिज गर्ने निर्णय गरिएको छ’ जनाएको छ ।
विज्ञप्ती पढ्नुहोस् :
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार