२३ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ। स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो।
आज बस्ने बैठकले परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा रोक्न सिफारिस गरेको थियो।
मन्त्रालयबाट आएको सिफरिस अनुसार सीसीएमसीले कोरोना संक्रमण बढेको काण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि बोर्ड पनि परीक्षाको नयाँ मिति तोक्ने दिशामा अगाडि बढेको हो ।।