२०७८ माघ ३ गते सोमवार

बालाजु औद्योगिक क्षेत्रभित्र भीषण आगलागी: नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग



 

२३ साउन,काठमाडौं –
काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा भएको आगलागी नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गरिएको छ।

शनिबार बिहान २ बजेदेखि आगलागी भए पनि अहिलेसम्म आगलागी नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी खसालिएको हो।

आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। आगो नियन्त्रणका लागि रानिपोखरीबाट हेलिकोप्टरमा पानी लगिएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्