२०७८ माघ १३ गते बिहिवार

भारतमा २९ दिनयताकै धेरै सङ्क्रमित फेला



२२ साउन । भारतमा बिहीबार ४५ हजार १ जना सङ्क्रमित फेला परे । यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख ५६ हजार नाघेको छ ।

यस्तै भारतमा बिहीबार ४० हजार ८९७ सङ्क्रमित निको भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड १० लाख १५ हजार नाघेको छ ।

भारतमा हिजो एकैदिन ४६५ जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख २६ हजार ७५४ पुगेको छ ।

बिहीबार सबैभन्दा धेरै केरलामा २२ हजार ४० सङ्क्रमित फेला परेका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १२० जनाले ज्यान गुमाए । महाराष्ट्रमा पनि ९ हजार बढी सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कूल ४९ करोड डोज खोप लगाइसकिएको छ । बिहीबार थप ५०.२९ लाख डोज खोप लगाइयो । भारतमा हालसम्म ३.१८ करोड सङ्क्रमित बनिसकेका छन् भने ३.१० करोड निको भएका छन् । ४।२६ लाखले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्