२०७८ माघ १३ गते बिहिवार

आज अन्तर्राष्ट्रिय वियर दिवस



२२ साउन, काठमाडौं –
अगष्ट पहिलो शुक्रबार अन्तर्राष्ट्रिय वियर दिवस मनाइँदै आएको छ । नेपालमा वियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्वका साथ वियर दिवस मनाउने गरेको पाइन्छ ।

मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय वियर दिवस पनि त्यही हो ।

प्राचीन समयभन्दा अहिले वियर बनाउने तरिका फेरिएको छ । वियर होप, जडिबुटी तथा फलफुलको फ्लेभरबाट तयार गरिन्छ । र, वियर बनाउनुलाई कला मानिन्छ ।

अन्तर्राष्ट्रिय वियर दिवस मनाउने सोच सन् २००७ मा जेसी अभ्सालोमोभको दिमागमा आएको हो । जब जेसी आफ्ना केही साथी वियरको स्वादमा रमाइला गफ गर्दै थिए । उनीहरु क्यालिफोर्निको सान्टाक्रुज समुदायमा थिए ।।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्