२१ साउन,सल्यान् – उद्यम विकास सहजकर्ता (ईडिएफ) संघ सल्यानको बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शोभाराम खड्काको अध्यक्षता एवं राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघका सचिव बिरेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले हाल सम्म भएका कार्य प्रगतिकोे समिक्षा गरेको हो । कोरोना भाईरस संक्रमण जोखिम कार्यम रहेकाले भौतिक रुपमा उपस्थित हुन असहज भएकाले आज अनलाईको माध्यमबाट बैठक सम्पन्न गरिएको हो ।
त्यस्तै बैठकले ईडिएफलाई आईपर्ने समस्या समाधानका लागि राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ मार्फत सम्बन्धित निकायसंग सहजिकरण गर्न अनुरोध गरेको छ । बैठकमा सहभागि क्रियासिल ईडिएफहरुले आफु कार्यरत पालिकामा गरेका प्रगति विवरणका बारेमा जानकारी गराउदै समग्र समस्या,चुनौति र समाधानका बारेमा छलफल गरेका थिए ।
त्यसैगरि आज सम्पन्न बैठकमा उपस्थित हुन नसकेका कार्य समितिका सदस्यहरुबाट आगामी ३ दिन भित्र स्पस्टिकरण माग्ने र यदि स्पस्टिकरण दिन नसकेमा साधारण सभाबाट संघको नियम अनुसार कारवाही गर्ने निर्णय गरेका छ । साथै केहि सल्लाहकार समितिलाई पनि हेरफेर गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै महासंघका सचिव सुवेदीले स्थानिय तहमा काम गर्दे जाँदा आउने समस्याहरुबारे आफ्नो जिल्ला संघमा जानकारी गराउने अनुरोध गर्नुभएको थियो । ईडिएफहरुले अहिले सम्म सेवा कारारमा रहेर काम गर्नु पर्ने बाध्यता रहेकोले सरकार संग लोक सेवा आयोगको व्यवस्था गर्न पहल गरिरहेको बताउनुुभएको छ । साथै आगामी दुई वर्ष भित्रमा आयोगको व्यवस्था हुन सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
त्यस्तै बैठकको समापन गर्दे जिल्ला अध्यक्ष खड्काले अझै पनि ईडिएफहरु एकरुपता हुन नसकेको बताउदै उहाँले ईडिएफहरु एकताबद्ध भएमात्र संघ तथा महासंघ वलियो बन्दै जाने बताउनुुभएको हो । साथै संघको साधारण सभा आउदो भदौ ७ गते हुने भएकाले जिल्लाका सबै ईडिएफहरुलाई उपस्थित हुन अनुरोध गर्नुभएको छ । बैठकको संचालन जिल्ला सचिव पुस्कर बुढाथोकीले गर्नुभएको थियो ।।