२० साउन, काठमाडौँ –
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाले निर्माण गर्दै गरेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बालुवाटार बोलाएर सम्बन्धित निकायसँग समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री देउवाले दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिनुभएको थियो।।