२०८० असोज १७ गते बुधवार

२४ घण्टामा देशभर ३३ सय ८३ संक्रमित थपिए, २४ को मृत्यु



१९ साउन,घोराही –
पछिल्लो २४ घण्टामा देशभर ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै १९९४ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ ।

हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो ।।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्