२०७८ भाद्र ३१ गते बिहिवार

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



१९ साउन,घोराही -नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान  पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।  खड्काले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तराष्ट्रिय क्रिेकटबाट मैले सन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’

खड्काले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिएपनि नेपाली क्रिकेटका लागि भने सपना अझै पनि बामे सरेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्