२०७८ भाद्र ३१ गते बिहिवार

आज दाङका थप १५ जनामा कोरोना पुष्टि



१७ साउन, घोराही-
दाङमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ८ जना पुरुष र ७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ४ जना, लमहीका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा दाङमा १४ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा सवै घोराहीका रहेका छन् ।

आज थप भएका १५ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ३६ जना पुगेको छ । ति मध्य एक सय १६ जना घरमा, अक्सिजन सहितको उपचारमा १४ जना र आईसियूमा ६ जना रहेको केन्द्रले जनाएको छ ।

बैशाख यता दाङमा ८ हजार ४ सय ५५ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १ सय ११ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्