२०७८ असोज ८ गते शुक्रवार

घोराहीमा जोन्सन खोप लगाउन सुरु, अहिले सम्म २२ हजारले खोप लगाए



१७ साउन, घोराही –
घोराही उपमहानगरपालिकाले कोरोना बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरेको छ । आज, भोली र पर्सी ५० देखी ५४ बर्ष उमेर समूहका नागरिकहरु सँगै अपांगता भएका व्यक्ति र विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिहरुलाई खोप लगाउने उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

तीन दिनमा ८ हजार नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । आज र भोली ५० बर्ष देखी ५४ बर्ष उमेरका नागरिकलाई र क र ख बर्गका अपांगता भएका व्यक्तिहरुलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

१९ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको र ६ हजार ७ सय जनालाई खोप लगाईने स्वास्थ्य शाखाले जनाएको छ । पर्सि विभिन्न संघ संस्थामा कार्यरत रहि अग्रपंक्तिमा काम गर्नेहरुलाई खोपको व्यबस्था गरिएको छ । १ हजार ३ सय ४० जना त्यस्ता व्यक्तिहरुलाई खोप लगाईने शाखा प्रमुख घर्तीको भनाई छ ।

घोराही उपमहानगरपालिकामा अहिले सम्म २२ हजार ३ सय ८७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । १९ हजार ८ सय ९० जनाले भेरोसेल र २ हजार ४ सय ९७ जनाले कोभिशिल्ड खोप लगाएको स्वास्थ्य शाखाले उल्लेख गरेको छ ।

साथै घोराहीमा अहिले सम्म ४ हजार ८ सय ३२ जनामा कोरोना देखिएको छ भने ति मध्य ४ हजार ६ सय ३० जना निको भएका छन् । ९७ जनाको मृत्युभएको छ भने अहिलले ९८ जना सकृय बिरामी रहेको शाखाको भनाई छ ।।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्