२०८० असोज १७ गते बुधवार

विश्व स्तनपान सप्ताह आजदेखि



१७ साउन, घोराही । विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ ।

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ ।

नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउन डाक्टरको सुझाव छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा झण्डै ३५ प्रतिशत शिशुले मात्र पर्याप्त मात्रामा स्तनपान गर्न पाउँछन् । डाक्टरका अनुसार शिशुलाई ६ महिनासम्म निरन्तर र २ वर्षसम्म आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुन्छ अनि बच्चा स्वस्थ बन्ने जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्