२०८० असोज १७ गते बुधवार

माधव नेपाल जस्तालाई पार्टीमा कुनै ठाउँ छैन :ओली



१६ साउन, घोराही –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको छ । काठमाडौं जिल्ला कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै त्यस्तो भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताउनुभयो ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताउनुभयो । पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ छ ।

आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले स्पष्ट पार्नुभयो । ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी समेत गर्नुभयो ।

उता एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न आग्रह गर्नुभएको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न आग्रह गर्नुभएको हो ।

अखिल फोर्सले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताउनुभयो ।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी तथा अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले जोड दिनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्