२०७८ असोज ८ गते शुक्रवार

पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै समर्थकको प्रदर्शन



१६ साउन,काठमाडौँ- पूर्वयुवराज पारस शाहको पक्षमा समर्थकले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो उनीहरुले पारस शाहमाथि प्रहरीले ज्यादती गरेको भन्दै महाराजगञ्जमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले पारस शाहका पक्षमा नाराबाजी समेत गरेका थिए । शुक्रबार राती हेल्मेट नलगाई मोटरसाइकल चलाएका शाहलाई प्रहरीले समात्न खोजेको थियो । त्यसक्रममा उनले विवाद गरेपछि प्रहरीले पछि सम्झाएर छाडेको थियो । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्