२०७८ असोज ८ गते शुक्रवार

कोभिडका कारण थप २३ जनाको मृत्यु, ३ हजार १०६ जनामा संक्रमण पुष्टि



१६ साउन, घोराही –
नेपालमा कोभिड १९ संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ३ हजार १०६ जनामा संक्रमण पुष्टि हुँदा २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जनामा संक्रमण पुष्टि भएको छ । दुवै परीक्षणबाट ३ हाजर १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । पछिल्लो समय संक्रमण बढ्दै गएपछि केही जिल्लामा फेरि निषेधाज्ञा गर्न थालिएको छ ।।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्